Rule 25
प्राकृतिक श्रोतको उपयोग वा परिचालन बापत दस्तूर बुझाउनु पर्ने
(१) संरक्षण क्षेत्रभित्रबाट दैनिक उपभोगका लागि आवश्यक पर्ने वन पैदावार उपभोग गर्दा, जनावर चरिचराउको लागि वा अन्य प्राकृतिक श्रोतको उपयोग गर्दा लाग्ने दस्तूर समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) समितिले दस्तूर निर्धारण गर्दा प्रमुखको स्वीकृति लिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको दस्तूर बुझाउने व्यक्तिलाई समितिले अनुसूची -६ बमोजिमको अनुमतिपत्र दिनेछ ।